काठमाडौ, फागुन ३ । राष्ट्रिय जनसंघर्ष समितिले संविधानसभाले जारी गरेको संविधान खारेजीको माग गर्दै आगामि शान्तिपूर्ण जनसंघर्षको घोषणा गरेको छ । बरिष्ठ अधिवक्त बालकृष्ण न्यौपाने संयोजकत्वमा राजाबादी दलहरुहरुसमेत रहेको राष्ट्रिय जनसंघर्ष अभियानले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जनआन्दोलनको भावना र जनताको चाहना विपरित जारी भएको संविधानले मुलुक चल्न नसक्ने भएकोले यसको खारेजीको लागि जनसंघर्ष गर्नु परेको स्पष्ट पारेको छ ।
अभियानले जनसंघर्ष अन्र्तगत फागुन ७ गते राजधानीको शान्ति बाटीमा विरोधसभा गर्ने भएको छ । त्यसमा सहभागि हुन सम्पूर्ण नेपालीहरुलाई आब्हान गरेको थियो ।
पत्रकार सम्मेलनमा संयोजक नेउपानेले ९३ प्रतिसत ओमकार परिवारको भावना विपरित विदेशीहरुको ईशारामा मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरिएपछि अहिले नेपाली जनतामा कालान्तरमा नेपाल नै नरहने हो कि भन्ने चिन्ता ब्याप्त हुन थालेको भन्दै जनताको भावना विपरित जारी भएको संविधानले मुलुक चल्न नसक्ने भएकोले आफूहरु विरोधमा उभिनु परेको स्पष्ट पारे ।
अभियानले विदेशीको ईशारामा ल्याईएको संविधान खारेज गर्नु पर्ने, नेपाललाई हिन्दु अधिराज्य कायम गर्नु पर्ने, सार्वभौमसत्ता र राजकीय सत्ता नेपालको सीमानाभित्र ल्याउनु पर्ने, राष्ट्रिय शक्तिको निर्माण गरेर गैरराष्ट्रिय शक्तिको बर्हिगमन, सार्वजनिक पदमा बसेकाको सम्पत्ति छानविनको लागि आयोग गठन गर्नु पर्ने, संघीयता खारेज गरी स्थानीय स्वायत्त शासन अन्र्तगत निर्वाचन गर्नु पर्ने, नेताले विदेशी बैंकमा राखेको सम्पत्ति जफत गर्नु पर्ने, विदेशी हस्तक्षे गराउने नेतालाई सामाजिक बहिस्कार गर्नुपर्ने लगायतका ११ बुँदे माग पनि अघि सारेको छ ।
Monday, February 15, 2016
संविधान खारेजीको मागसहित शान्तिपूर्ण जनसंघर्षको घोषणा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment