Monday, February 15, 2016

कर्मचारी सरुवाका लागि सिंहदरबार धाउन पर्दैन-मन्त्री शर्मा

दाङ,फागुन ३ । सामान्य प्रशासन मन्त्री रेखा शर्माले तल्लो स्तरको कर्मचारीले सुरुवाका लागि अब सिंहदरबार धाउन नपर्ने बताएकी छन् । पत्रकार सम्मेलनमा बोल्दै सरुवाकै लागि सिहंहदरबार जाने, मन्त्री, नेता भेट्ने र घुस खुवाउने प्रवृतिको अन्त्य भएको उनले दाबि गरिन् । जिलमा एक कार्यालयबाट अर्को कार्यालयमा सुरुवाका लागि जिल्लामा सिडियो र क्षेत्रमा क्षेत्रीय प्रशासकलाई सरुवाका लागि अधिकार प्रत्यायोजन गरिएको मन्त्री शमाले बताइन् ।

अध्यक्षतामा भएको कार्यक्रमा मन्त्री शर्माले तीन महिनामा काजमा गएर ३-४ बर्ष सम्म पनि नफर्किने समस्यालाई रोकन नितीगत रुपमा प्रकृया अघि बढाइएको बताइन । निजामति ऐन विपरित काजमा सरुवा भएका ४ सय बढी कर्मचारीको काज फिर्ता गरेको बताउदै बाँकी रहेकालाई पनि फिर्ता गराउने क्रममा रहेको बताइन ।

अति आवश्यक नभएकाहरुलाई काजमा नपठाउने र आवश्यकता भएकालाई निजामति सेवा ऐनको मापदण्ड र परिधिभित्र रहेर व्यवस्थापन गर्ने उनले बताइन् । ‘ निजामति सेवा ऐनमा, आयोजनाको काजमा एक बर्ष र अन्यमा तीन महिना सम्म काजमा पठाउन सक्ने व्यवस्था भए पनि ३ महिना, काजमा गएका आउदै नआउने, कर्मचारी कहाँ छन् के गर्दै छन् त्यो समेत थाहा नहुने समस्यालाई रोक्ने प्रकृया अन्तिम चरणमा पुगेको मन्त्री शर्माले बताइन ।’

मन्त्री शर्माले जनता संग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालको कामलाई प्रभावकारी बनाउन अनिबार्य पोशाकको व्यवस्था गरेको बताइन । कार्यालमा बसेका व्यक्ति, ठग्ने दलाल हुनकि कर्मचारी हुन, भन्ने जनताको दुविदालाई चिर्न सचिव स्तरीय बैठकले अनिवार्य पोशाको निर्णय गरेर मुख्य सचिवले कार्यान्वयनका लागि निर्देशन दिएको उनले बताइन् । जसकार कारण प्रशानिक कामकाजमा सहज हुने उनले बताएकी छन् । त्यसैगरी दोहोरो सुविधाको अन्त्य पनि गरेको उनले बताइन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts