Thursday, January 21, 2016

कार्यलय प्रमुख महिनामा मुस्किलले एक हप्ता कार्यालयमा

सुर्खेत,माघ ८ ।  राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा सुर्खेतमा रहेका क्षेत्रीय कार्यालयका अधिकांश प्रमुखहरु महिनामा मुस्किलले एक हप्तामात्रै कार्यालयमा हाजिर हुने गरेको पाइएको छ । क्षेत्रीय प्रमुखहरु भक्ताका लागि अधिकांश समय काजमा बस्ने गरेको, तल्लो तहका कर्मचारी जानुपर्ने गोष्ठीमा पनि उनीहरु आफैं जाने गरेको, सार्वजनिक बिदाका दिन पनि काज बसेर भक्ता खाने गरेको भेटिएको नेपाल समाचारपत्रमा खबर छ ।

यस्तो अनियमितता गर्नेका खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेको सतर्कता केन्द्रका उपसचिव शेरबहादुर ढुंगानाले बताए । सतर्कता केन्द्रले मध्यपश्चिम क्षेत्रीय सिँचाइ निर्देशक मुक्ति गौतम वर्षमा ५४ दिन मात्रै कार्यालयमा हाजिर भएको पाइएको बताएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts