Friday, January 22, 2016

ह्याट्रिक ब्वाई नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित,विमल म्यान अफ द म्याच

काठमाडौं,माघ ८ । बंगलादेशमा भको बंगबन्धु गोल्डकप फुटबलमा चार गोल गरेका नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । फाइनलमा बहराईनविरुद्ध १ तथा सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका उनी मष्ट भ्यालुएबल प्लेयर बनेका हुन् ।

२३ वर्षपछि नेपाललाई अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउने क्रममा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । बिमल घर्ती मगर र विशाल राईले समान २ गोल गरे । बहराइनको २३ वर्ष मुनिको टोलीविरुद्ध एक गोल गरेका विमल घर्ती मगर म्यान अफ द म्याच भए । उनले फाइनलमा पहिलो गोल गर्दै दोश्रो गोलका लागि बिशाल राईलाई मौकासमेत मिलाएका थिए ।
-ujyaaloonline.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts