Friday, January 22, 2016

बंगबन्धु गोल्ड कपको उपाधि नेपाललाई

काठमाडौं, माघ ८ । बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो । नेपालको जितका लागि पहिलो गोल विमल घर्ती मगरले खेल सुरु भएको पाँच मिनेटमै गरेका थिए ।

दोस्रो गोल  ८७ औं मिनेटमा बिशाल राई गरे भने अतिरिक्त समयमा नवयुग श्रेष्ठले तेस्रो गोल गरे । नेपालले २३ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय उपाधि जितेको हो ।  नेपाल सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलमा पुगेको थियो । त्यसपछि २३ वर्षसम्म नेपाल कुनै पनि फुटबल प्रतियोगिताको फाइनल भिडन्तमा पुगेको थिएन ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts