काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटबलको उपाधि नेपालले जितेको छ । लामो समयसम्म फुटबलमा अन्तर्राष्ट्रिय उपाधि बिहिन भएको नेपालका लागि शुक्रबार ऐतिहासिक क्षण भयो। सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेयता तेइस वर्षसम्म नेपालले कुनै पनि प्रतियोगितामा उपाधि जितेको आज पहिलो पटक हो । बंगलादेशको बङ्गबन्धु रंगशालमा भएको बंगबन्धु गोल्ड कपको फाइनलमा बहराइनको चुनौती ३-० ले पन्छाउँदै फुटबलमा उपाधि र गोल खडेरी एकै पटक तोडेको छ।
No comments:
Post a Comment