काठमाडौं,माघ ८ । सरकारले शिक्षामन्त्रीको अध्यक्षतामा अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले डा. भगवान कोइराला कार्यकारी उपाध्यक्ष रहने गरी चिकित्सा शिक्षा आयोग गठन गरेको हो ।
सदस्यहरुमा प्रतिष्ठानका तर्फबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिन डा सिर्जना श्रेष्ठ, डा अर्जुन कार्की, डा जगदीशप्रसाद अग्रवाल, डा श्रीकृष्ण गिरी र नीजि मेडिकल कलेज तर्फबाट डा सुरेश कनोडिया रहेका छन् । सरकारले गठन गरेको अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग पटक पटक आमरण अनसनमा बस्दै आएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा। गोविन्द केसीले राख्दै आएका विभिन्न माग मध्येको एक हो। केदारभम्त माथेमा आयोगले बुझाएको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा आयोग गठन गरिएको हो। यसैगरी आयोगको पदेन सदस्यमा स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव, मेडिकल र नर्सिङ काउन्सीलका अध्यक्ष रहनेछन् ।
Friday, January 22, 2016
सरकारद्वारा चिकित्सा शिक्षा आयोग गठन,डा.भगवान कोइराला कार्यकारी उपाध्यक्ष
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment