Thursday, January 21, 2016

बाबुरामको नयाँ शक्तिमाथि गम्भीर आरोप,थापाले भने,‘किर्ते वक्तव्यमा भारत भक्ति झल्किन्छ’

काठमाडौं,माघ ८ ।  नयाँ शक्ति बनाउन भन्दै एमाओवादीबाट बाहिरिएका डा. बाबुराम भट्टराई आफूले खोल्ने नयाँ पार्टी कम्युनिष्ट नरहने घोषणा गरेपछि नयाँ शक्तिमा लागेकाहरु रनभुल्लमा परेका छन् । भट्टराईले अब छिट्टै पार्टी घोषणा गर्ने र त्यसका लागि केन्द्रीय न्युक्लियस बनाउने घोषणा गरेपछि उनको भर परेर त्यसमा लाग्नेहरु अब के गर्ने भन्दै गुनासो गर्न थालेका छन् । भट्टराईले आफूले कम्युनिष्टसँग सम्बन्ध बिच्छेद गर्ने बताएपछि उनको भर परेर पछि लाग्नेहरुले घर न घाटको भएको महसुस गर्न पुगेका हुन् ।

भट्टराईको सचिवालयले एमालेका ६८ जना कार्यकर्ता नयाँशक्तिमा आएको प्रचार गरेपछि एमाले आगो बनेको छ । नयाँ शक्तिमा एमालेका नेता कार्यकर्ता प्रवेशै नगरेको कुरालाई प्रचार गरिएपछि एमाले नेता सूर्य थापाले भने, ‘बाबुरामको भारत भक्तिमा एमालेका कुनै कार्यकर्ता प्रवेश गरेका छैनन,’ उनले  भने, ‘कम्युनिष्टविरोधी, भारतको आशिर्वादमा चल्ने शक्तिका पछाडि एमालेका कुनै नेता कार्यकर्ता त परै जाओस् शुभचिन्तक पनि लागेका छैनन् ।’ आफ्नो आत्मरतिका लागि बाबुरामले नयाँ शक्तिमा एमालेका धेरै नेता आउँछन् भन्दै मधेस र पश्चिममा हल्ला गरेको उनले बताए । थापाले अगाडि थपे, ‘बाबुरामले प्रचार गरेको कार्यकर्ताको नाम सबै नक्कली हो ।’

यसैबीच, नयाँ शक्तिले भनेअनुसार गति नलिएपछि त्यसबाट बच्न उनले विभिन्न समूहमा रहेका व्यक्तिलाई चोर्न थालेको आरोप लागेको छ । अनेकौं जुक्ति र उपाय लगाउँदा पनि सफल नभएपछि उनले वेबसाइटलाई राम्रो बनाउने भन्दै लागेका छन् । सामाजिक सञ्जालमा चर्को आलोचना, जताततैबाट असन्तुष्टि तथा आफ्नै भनेकाले समेत साथ नदिएकाले उनी छट्पाटउँदै हिँडेका छन् ।

यता, मधेसमा रामचन्द्र झाजस्ता लोभीपापी रहेसम्म नयाँ शक्ति अगाडि बढ्न नसक्ने भन्दै मधेसमै बिरोध हुन थालेपछि भट्टराइको निराशापन एकाएक बढेको बताइन्छ ।

सबैतिरबाट आसाभन्दा निराशा मात्रै फेला परेपछि डा. भट्टराई आजकल सानेपामा केही वेबडिजाइनलाई बोलाएर नयाँ शक्तिको वेबसाइट कसरी राम्रो बनाउन सकिन्छ भन्ने धन्दामा लागेका छन् । ‘अब राजनीति वेबसाइटमा पनि गर्ने हो, जनता पनि यसैमा जोडिन्छन्’ भन्दै स्वकीय सचिव विश्वदीप पाण्डेले दिएको सल्लाहलाई आत्मसात गरेका भट्टराईले दैनिक जसो वेब डिजाइनरलाई बोलाएर कालो चिया खुवाएर पठाउने गरेको सानेपा स्रोतले जानकारी दिएको छ ।

यसैबीच शालिकराम जमरकट्टेललाई रड प्रहार गरेर मार्न खोज्ने रमेश पन्त भने नयाँ शक्तिको मजदुर संगठनको नेता बन्न नपाएपछि सानेपासँग आगो भएका छन् । पन्तले डा. भट्टराईकै योजनामा आफूले शालिकराम जमरकट्टेलमाथि आक्रमण गरेको सार्वजनिक रुपमा नै भनिदिने भन्दै सानेपामा पुगेर धम्की दिएका हुन् । डा. भट्टराईले लालध्वज नेम्वाङलाई अध्यक्ष बनाएपछि पन्त उनी विरुद्ध खनिएका हुन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts