Thursday, January 21, 2016

अनौपचारिक शिक्षाको बजेट ६४ प्रतिशत कटौती,आयआर्जन कार्यक्रम रद्द

काठमाडौं,माघ ८ । सरकारले अनौपचारिक शिक्षा केन्द्रका लागि बर्सेनि छुट्याउँदै आएको बजेट भूकम्पको कारण देखाउँदै कटौती गरेपछि यो वर्षदेखि सुरु गरिने ‘निरन्तर शिक्षा’ कार्यक्रमको लक्ष्यसमेत घटाउनु परेको छ। सरकारले केन्द्रका लागि वाषिर्क एक अर्ब रुपैयाँ छुट्याउँदै आए पनि अहिले ३६ करोडमा झारेको छ ।

केन्द्रले पाँच लाख साक्षरका लागि यो वर्ष ‘निरन्तर शिक्षा’ र त्यसैअन्तर्गत आयआर्जनका लागि योजनासहित कार्यक्रम तय गरेको थियो । तर, सरकारले भूकम्पपछि पुनर्निर्माण गर्न भन्दै ६४ प्रतिशत बजेट काटेपछि केन्द्रले पनि एक लाख ४६ हजार १० साक्षरका लागि मात्र कार्यक्रम तय गरेको कारोबार दैनिकमा खबर छ ।

‘पहिले एक अर्ब रुपैयाँ बिनियोजन हुन्थ्यो, यो वर्ष घटाएर ८५ करोड बनाइएको थियो, त्यसमाथि पुनर्निर्माणका लागि भन्दै ३६ करोड झारियो,’ केन्द्रका उपनिर्देशक दिनेश घिमिरेले भने, ‘यसले गर्दा निरन्तर शिक्षा घटाउनुपर्‍यो भने, आयआर्जन कार्यक्रम रद्द गर्नुपर्‍यो ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts