Thursday, January 21, 2016

१२ औ दक्षिण एसियाली खेलकुदको खर्च ११ करोड,पकेट खर्च मात्र एक करोड

काठमाडौं,माघ ८ । राष्ट्रिय खेलकुद परिषदले सागका लागि ११ करोड ७८ लाख रुपैयाँ बजेट सरकारसँग माग गरेको छ । चार दिनअघि पहिलो किस्तामा ६ करोड स्वीकृत भइसकेको छ । सरकारबाट दोस्रो किस्ता तत्कालै उपलब्ध नभए आफ्नो कोषबाट खर्च गर्ने तयारी परिषदको छ । ‘सरकारबाट बजेट निकासा भए हामीकहाँ आइपुगेको छैन,’ परिषदका सदस्यसचिव केशवबहादुर विष्टले भने, ‘हामीले अन्य शीर्षकको बजेटबाट मिलाएर खर्च गर्ने गरी पनि सागलाई पहिलो प्राथमिकतामा राखेका छौं ।’

एक करोड पकेट खर्च

परिषदले सागमा सहभागी हुने पाँच सय ३७ जनालाई प्रतिदिन दुई हजार एक सय ६० रुपैयाँ अर्थात २० डलरका दरले पकेट खर्च बाँड्दैछ । प्रतियोगिता १२ दिनसम्म चल्छ । यसरी बाँडिने पकेट खर्चको कूल राशी करिब एक करोड रुपैयाँ हुने नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts