काठमाडौं,माघ ८ । संसद्मा विधाराधीन संविधान संशोधन विधेयकप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले रिजर्भेसन व्यक्त गर्दा संविधानपक्षीय तीन दलका शीर्ष नेताबीच नै चर्काचर्की हुन थालेपछि आन्दोलनर मधेसी मोर्चा नेतृत्वसहितको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकमा संविधान संशोधन विधयेक तत्कालीन सुशील कोइराला सरकारले कसैसँग सरोकार नराखी ल्याएकाले सहमति हुन अप्ठ्यारो भएको धारणा प्रधानमन्त्री ओलीले राखेका थिए । ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुशीलजी, संशोधन विधयेक किन ल्याउनुभयो ? हाम्रै सरकार र तत्कालीन प्रमुख विपक्षी दल एमाओवादीसँग किन छलफल भएन ?’
संसद्मा आएका २४ वटा संशोधन दलको नभएर व्यक्तिको भएकाले त्यस्ता संशोधनप्रति सरकार जिम्मेवार हुनद सक्दैन भन्दै ओलीले आक्रोस व्यक्त गरेका थिए ।
ओलीको प्रश्नबाट आक्रोसित प्रमुख विपक्षी दल नेपाली कांग्रेस सभापति सुशील कोइरालाले प्रस्ताव मन्त्रिपरिषद्को निर्णयबाट ल्याएको जवाफ दिएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
No comments:
Post a Comment