काठमाडौ,पुष २२ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण छिमेकी भारतबाट सुरु हुने खुलासा गरेका छन । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ प्रधानमन्त्रीको दुबै छिमेकी मित्र राष्ट्रहरु चीन र भारतको औपचारिक भ्रमणको प्रारम्भिक तयारी सुरु भईसकेको छ । प्रधानमन्त्रीलाई निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर भ्रमणको निम्तो दिनु भएको थियो । त्यसैको आधारमा तयारी गरेका छौ । मेरो भ्रमणको बेला अर्को छिमेकी मित्र चीनले पनि निम्तो दिएको छ । त्यसको आधारमा तयारी भईरहेको छ । तयारीको आधारमा म भन्छु प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भारतबाटै सुरु हुन्छ । ’
साक्षात्कारमा उपप्रधानमन्त्री थापाले प्रधानमन्त्रीको भ्रमण कहाँबाट सुरु हुन्छ भन्ने परम्परागत मान्यताबाट मुक्त हुनु आग्रह गर्दै एक मित्र राष्ट्रको सम्बन्धलाई अर्को राष्ट्रसँग दाज्नु उपयूक्त नहुने तर्क गरे ।
उपप्रधानमन्त्री थापाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको लागि केही नयाँ विषय र केही क्रमागत विषयहरु रहेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला घोषणा गरेको १ हजार करोड र भुकम्प पछिको पुर्ननिर्माणमा घोषणा गरेको १ हजार करोड सहयोग कार्यान्वयनमा लाने र गतिरोध पूर्ण रुपमा अन्त्य गर्ने विषय प्रमुख रहेको बताए ।
उनले भारत र चीनबाट नेपालले फाईदा लिनु पर्ने भन्दै नेपाल भारत र चीनको आर्थिक कोरिडोरलाई मुर्त रुप दिने महत्वपूर्ण अवसर आएको बताए ।
आफ्नो चीन भ्रमणले दुई देशवीचको सम्बन्धमा मेजर पोलिसि डिपार्चर गरेको दावी गर्दै उनले चीनसँग नेपालको आर्थिक विकास र ब्यापारिक सम्बन्ध नयाँ ढंगले अघि बढाउन महत्वपूर्ण पहल भएको बताए ।
उपप्रधानमन्त्री थापाले भने,‘ चीनसँग अहिलेसम्म कुनै पनि ब्यापार सन्धी छैन । हामी भुपरिबेष्ठित भन्दा पनि भारत परिबेष्ठित भयौ । हामीले यो विर्सियौ कि चीनसँग पनि समुन्द्र छ र त्यसमा पनि पहुँचको हाम्रो अधिकार हो । मेरो भ्रमणले नेपाल र चीनवीचको सम्बन्ध नयाँ ढंगले अगाडि बढाउन फ्रेमवर्क तयार पारेको छ । ’
उनले चीनसँग पारवहन सन्धी गर्ने तयारी स्वरुप प्रारम्भिक मस्यौदा चीन समक्ष पेश गरिसकेको जानकारी दिदै एक पटककै भ्रमणमा सबै सम्झौता हुनु पर्छ भन्ने हतारो कुटनीतिमा नहुने स्पष्ट पारे ।
उपप्रधानमन्त्री थापाले भने,‘ यो प्रयासलाई निरन्तरता दिए भावी पिढीले आर्थिक नाकाबन्दी भोग्नु पर्दैन । अहिलेसम्म ब्यापार र पारावहनमा भारतसँगको निर्भरता थियो त्यसैले हामीले कष्ट बेहोर्नु पर्यो ।’
उनले थपे,‘ हाम्रो दुबै छिमेकीसँग सदियौदेखिको सम्बन्ध छ । हामी दुबैलाई महत्व दिन्छौ । दुबैको आ–आफ्नै चरित्र छ । चीनसँगको नयाँ सम्बन्धको फ्रेमवर्क तयार गर्ने काम भारतको विकल्पमा होईन । बृहत्तर राष्ट्रिय हितकोलागि हो । यसलाई कार्डको रुपमा बुझ्नु हुँदैन ।’
उपप्रधानमन्त्री थापाले कुटनीतिक प्रयास स्वरुप भारतसँगको असमझदारी क्रमस हट्दै गएकोले बीरगञ्ज बाहेकका नाकाहरु पुर्ण रुपमा सञ्चालनमा आएको दावी गर्दै अब सरकार र ब्यापारीहरुको आपूर्तिमा ध्यान जानु पर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री थापाले मुलुकको अबको गन्तब्य आर्थिक विकास र समृद्धि हुनु पर्ने भन्दै त्यसै आधारमा आफूले आर्थिक कुटनीतिलाई अगाडि बढाउने गृहकार्य सुरु गरिसकेको जानकारी दिए ।
उनले भने,‘ विगतमा पनि आर्थिक कुटनीतिको नीति थियो तर द्धन्दका कारण त्यसलाई अगाडि बढाउन सकिएन । अब त्यसलाई अगाडि बढाउन संरचनागत र नीतिगत सुधार गर्छु । रिक्त मुलुकमा राजदुत नियूक्त प्रक्रिया प्रारम्भ गर्छु । नियोगहरुको प्रभावकारिता र क्षमता अभिबृद्धिमा ध्यान दिन्छु ।’
उनले सञ्चारकर्मीको जिज्ञासमा अबैद्य रुपमा विराटनगरमा भारतले राखेको सम्पर्क कार्यालय हटाउन कुटनीतिक तवरबाट प्रयास गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरे ।
उपप्रधानमन्त्री थापाले मधेसी मोर्चाले अघि सारेको ११ बुँदे प्रस्तावलाई संबोधन गर्ने गरी सरकारले चार सुत्रीय समाधानको सुत्र राखेको र त्यो ११ बुँदेको प्रतिउत्तर भएको भन्दै समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरा संविधान संसोधनमा आईसकेको, राजनीतिक सहमतिमा तीन महिनाभित्र सीमांकन गर्ने र नागरिकताको विषय हल गर्ने किटानी प्रतिबद्धता आईसकेकोले अब आन्दोलन तन्काउनुको आवश्यकता नभएको तर्क गरे ।
उनले भने,‘ सरकारको किटानी प्रतिबद्धतापछि सरकार मधेसको मागमा उदासिन छैन भन्ने प्रष्ट भईसकेको छ । अब यो अवधारणाभित्र माग पुरा गर्न सकिन्छ । बार्ताको क्रम निष्कर्स तिर गईरहेको छ । मधेसी मोर्चाले कार्यदल बनाएको छ । यो सकारात्मक हो । समस्या समाधान गर्न समाधानको स्पष्ट खाँका तयार भईसकेको छ । अब बार्ताबाट छिट्टै समस्या समाधान हुन्छ ।’
उपप्रधानमन्त्री थापाले आफूले सम्हालेको स्थानीय विकास मन्त्रालयबाट ल्याउन लागेको नयाँ योजना सुनाउँदै मुलुकको उर्जा संकट समाधान गर्न स्थानीय बासिन्दा, स्थानीय निकाय र सरकारको सभागितामा सबै नगरपालिका र गाविसका घरहरुमा सौर्य उर्जा, बायो ग्यास र सडक बत्ति राख्ने, सबै गाविसमा दुई वर्षभित्र सडक पुर्याउने, हरित नगर निर्माणकोलागि सबै घरमा अनिवार्य रुख रोप्नृु पर्ने, सडकको दायाँ बायाँ रुख रोप्ने विषयलाई अभियानकै रुपमा अगाडि बढाउने नीतिलाई अन्तिम रुप दिन लागिएको जानकारी दिए । उनले भने,‘ स्थानीय विकास मन्त्रालयले सुरु गर्न लागेको बैकल्पिक उर्जाको कन्सेप्ट लागु भएपछि केही महिनामै नगर पालिका क्षेत्र लोडसेडिङ्ग मुक्त हुन्छ ।’
उपप्रधानमन्त्री थापाले नेपाल र नेपालीको पहिचान दिलाउने पृथ्वी नारायण शाहको जन्म दिन पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन आफूले मन्त्री परिषदको बैठकमा आवाज उठाउने जानकारी दिदै त्यसकोलागि आमसञ्चारमाध्यमबाट समेत दवाव सृजना गर्न आग्रह गरे ।
उनले भने,‘मुलुक अब राजनीतिक स्थीरतातिर उन्मुख छ । अब राष्ट्रिय एकता दिवस मनाउनु पर्छ । म मन्त्री परिषदमा आवाज उठाउँछु । तपाईहरुले पनि बाहिरबाट बल पुर्याउनुस । राप्रपा नेपालले सो दिन सधै झै चियापान कार्यक्रम गरेर एकता दिवस मनाउँछ ।’
Wednesday, January 6, 2016
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट सुरु हुन्छः परराष्ट्र मन्त्री थापा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment