Wednesday, January 6, 2016

देउवाको दिवाभोजमा सुशील पक्षको भीड

काठमाडौं,पुष २२ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशन नजिकिदै कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले आयोजना गरेको दिवाभोज कार्यक्रममा संस्थापन पक्षकै नेताहरुको भीड लागेको छ । सभापतिमा चुनाव लड्ने बताउदै आएका बरिष्ठ नेता देउवाले आफ्ना सहयोगीका लागि राजधानीको शान्तिनगरस्थित आनन्द पार्टी भेन्यूमा दिवा भोज दिएका थिए ।

सभापति शुसील कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले चुनावी अभियान सुरु गरेका छन् । यद्पी औपचारिक रुपमा अहिलेसम्म उमेद्वारीको घोषणा भएको छैन् । भोजमा संस्थापन पक्षकै मानिने महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, केन्द्रीय सदस्यहरु नरहरि आचार्य, महेश आचार्य, मिनेन्द्र रिजाल, नविन्द्रराज जोशी लगायतका नेताहरु सहभागी थिए ।

साथै प्रभावशाली नेताहरु अर्जुननरसिंह केसी, मानवहादुर विश्वकर्मा, चन्द्र भण्डारी लगायतकाको उपस्थीति रहेको थियो । कांगेसको १३ औँ महाधिअहिलेका वेशन फागुन २ गतेदेखि काठमाडौंमा हुँदैछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts