Wednesday, January 6, 2016

सिमल तरुल खाँदा एकको मृत्यु, तिन जना सिकिस्त

पाँचथर, पुष २२ । पाँचथर जिल्लाको फिदिममा सिमल तरुल खाएर फुड पोइजन हुँदा एक बालकको मृत्यु भएको छ भने अन्य तिन जना सिकिस्ता बिरामी परेका छन्। मृत्यु हुनेमा फिदिम नगरपालिका फिदिम ४ बस्ने ईश्वर खवासको छोरा बर्ष ७ को नयन्द्र खवास रहेका छन्।

यसैगरी बिरामी पर्नेमा नयन्द्रकी दिदी वर्ष १४ की सर्मिला खवास, सोही नगरपालिका ११ बस्ने ९ वर्षिय सागर खवास र १० वर्षिय मनोज खवास रहेका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय वासिन्दाबाट बुझिए अनुसार सोमबार दिउँसो खाजाको रुपमा सिमल तरुल पकाएर खाएदेखी उनीहरु बिरामी परेका र उपचारकालागि जिल्ला अस्पतालतर्फ ल्याउनेक्रममा नयन्द्रको मृत्यु भएको हो।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts