Wednesday, January 13, 2016

बंगबन्धु गोल्डकपमा नेपालले श्रीलंकालाई हरायो

काठमाडौं,पुष २९ । नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा श्रीलंकालाई पराजित गरेको छ ।  बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले हरायो । नेपालका लागि विमल घर्ती मगरले खेलको दोस्रो मिनेटमै गोल गरेर नेपालको अग्रता निकालेका थिए। उनको त्यही गोलले नेपाल विजयी बन्यो।

खेल अवधिभर श्रीलंकाले गोल फर्काउन सकेन। विमल ‘म्यान अफ दि म्याच’ घोषित भए।  यो जितसँगै नेपालको २ खेलबाट ४ अंक भएको छ र नेपालको सेमिफाइनलमा पुग्ने संभावना पनि कायम रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा अब शुक्रबार आयोजक बंगलादेशसँग खेल्ने छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts