Wednesday, January 13, 2016

मन्त्रालयहरु फुटाउनुको औचित्य पुष्टि गर्न प्रधानमन्त्रीलाई कांग्रेसको चुनौती

काठमाडौं,पुष २९ ।  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीमाथि राज्यकोषको ढकुटी स्वाहा पार्न केन्द्रीत भएको आरोप लगाउँदै मन्त्रालयहरु फुटाएको आरोप लगाएको छ ।  संसद्को सुशासन तथा अनुगमन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा नेपाली काँग्रेसका प्रभावशाली नेता एवं अघिल्लो सरकारमा वनमन्त्री महेश आचार्यले ६ जना उपप्रधानमन्त्रीसहित ४० जना मन्त्री बनाउनुको औचित्य पुष्टि गर्न चुनौती दिदै उक्त आरोप लगाएका हुन् ।

आचार्यले भने अहिलेको मन्त्रीपरिषद् विस्तारको औचित्य केही गरी पनि पुष्टि नहुने बतादै ओलीमाथि खनिए ।   मन्त्रालय फुटाएर मन्त्रीको संख्या थप गर्दा तथा जथाभावी संख्यामा उपप्रधानमन्त्री नियुक्त गर्दा राज्यकोषमा ठूलो असर गर्ने भन्दै यस विषयमा प्रधानमन्त्री ओलीलाई बोलाएर छलफल गरिनुपर्ने बताए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts