Wednesday, January 13, 2016

तुईन मुक्त देश-सरकारको पहिलो निर्णय, कहाँ पुग्यो काम ?

काठमाडौं, पुष २९ ।  प्रधानमन्त्री निर्वाचित भएको भोली पल्टै केपी ओलिले २ बर्षभित्रै सबैभन्दा पहिला देशलाई तुईनमुक्त बनाउने घोषणा गर्नुभएको थियो । नेपालमा त्यसबेला ३ सय ६५ ओटा तुईन थिए । प्रधानमन्त्रीले भने बमोजिम हुँन २ दिनमा एउटा झोलुंगे पुल बन्नुपथ्र्यो ।

प्रधानमन्त्रीले भने लगत्तै यसको सम्भाब्यताबारे हामीले स्थानीय बिकास मन्त्रालयका प्रबक्ता पुर्णचन्द्र भट्टराईसँग कुरा गर्दा उहाँले अहिलेसम्म दैनिक एउटा झोलुंगेपुल नेपालमा बनिरहेकाले २ बर्षमा तुईनमुक्त बनाउन समस्या नहँने भन्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले तुईनमुक्त बनाउने भनेको ७७ दिनसम्म एउटा पनि झोलुंगेपुल निर्माण भएको छैन । अहिलेसम्म पुर्ब सम्भाब्यता अध्ययन मात्रै सकिएको छ भने सरकारले यो बर्षमा सम्पन्न हुँने ११ वटा पुलको मात्रै टेण्डर आवहान गरेको सिआईएनमा समाचार छ । सरकारले २ बर्षभित्रै देशलाई तुईनमुक्त बनाउने कार्ययोजना बनाएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै तुईनमुक्त गर्ने भन्नुभएको थियो भने सपथ ग्रहण गरिसकेपछि  घोषणापत्रमा हस्ताक्षर पनि गर्नुभएको थियो । तर निर्णय कार्यान्वयनको खासै छाटकाट देखिएको छैन ।

अहिले सबैभन्दा धेरै खोटांगमा २७ र गोरखामा ११ ओटा तुईन बिस्थापन गर्नुपर्नेछ । १२० ओटा भन्दा लामो ९० वटा पुल बनाउनुपर्नेछ भने १ सय ३८ स्थानमा छोटो लम्बाईका पुल निर्माण गर्नुपर्नेछ ।

प्रधानमन्त्री ओलीले तुईनमुक्त बनाउने भनेको ७७ दिनसम्म एउटा पनि झोलुंगेपुल निर्माण भएको छैन । अहिलेसम्म पुर्ब सम्भाब्यता अध्ययन मात्रै सकिएको छ भने सरकारले यो बर्षमा सम्पन्न हुँने ११ वटा पुलको मात्रै टेण्डर आवहान गरेको छ ।

यसलाई हेर्ने हो भने पनि सरकारको योजना पुरा नहुँने त स्पष्ट छ नै दैनिक एउटा पुल बनाएका छौ भनेर प्रतिक्रिया दिनुभएका स्थानीय बिकास मन्त्रालयका प्रबक्ता नै अब यो सम्भब नभएको बताउनुहुँन्छ ।

अहिले सबैभन्दा धेरै खोटांगमा २७ र गोरखामा ११ ओटा तुईन बिस्थापन गर्नुपर्नेछ । १२० ओटा भन्दा लामो ९० वटा पुल बनाउनुपर्नेछ भने १ सय ३८ स्थानमा छोटो लम्बाईका पुल निर्माण गर्नुपर्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts