Thursday, January 14, 2016

प्रचण्डमाथि द्धन्दकालिन मुद्दा लगाउने सर्वोच्वको निर्णय

काठमाडौँ,माघ  १ ।  दूई सय २७ जनालाई उन्मुक्ति दिने मुद्धा फिर्ताको निर्णय बदरसँगै सर्वोच्वले आइन्दा राजनीतिक प्रकृतिका आधारमा मुद्दा फिर्ता नर्गन-नगराउन पनि सरकारलाई आदेश दिएको छ । उक्त निर्णय र त्यससम्बन्धी काम कारवाही संविधान, मापदण्ड विपरीत रहेको आदेशमा उल्लेख छ । ‘राजनीतिक दलको सिफारिशमा नितान्त राजनीतिक आधारमा स्वच्छेचारी र भेदभावपूर्वक भएको देखिएकाले ती निर्णयहरु उत्प्रेशषणको आदेशले बदर हुने ठहर्छ । विभिन्न अदालतमा विचाराधिन रहेका त्यस्ता मुद्दा कानूनबमोजिम कारही र किनारा गर्नु’ आदेशमा भनिएको छ आजको कान्तिपूर  दैनिकमा खबर छ ।

भट्टराई सरकारले १६ फागुन ०६८ मा गम्भीर प्रकृतिका फौजदारी अभियोग लागेका मुद्धा फिर्ता लिने निर्णय गरेको थियो । एमाओवादी अध्यक्ष पुस्पकमल दाहाल, नेता अग्नि सापकोटा, पूर्व सभासद वालकृष्ण ढुंगेललगायतको नेताको मुद्दा फिर्ता लिइएको थियो । द्धन्दकालका भएका घटनामाथि मुद्दा चल्न नसक्ने भन्दै भट्टराई सरकारले गरेको निर्णयविरुद्द अभिवत्ता माधव बस्नेतले सर्वोच्वमा रिट दायर गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts