Thursday, January 14, 2016

उपभोक्ता ‘लुटेर’ ९० करोड बोनस बाँड्ने तयारीमा आयल निगम

काठमाडौं, माघ  १ ।  उपभोक्तालाई अस्वभाविक रुपमा महँगो मूल्य लिएर इन्धन बेचिरहेको नेपाल आयल निगमले गएको आर्थिक वर्षको नाफाबाट कर्मचारीलाई ९० करोड रुपैया बोनस बाँड्ने तयारी गरेको छ ।
अन्तराष्ट्रिय बजारमा गिर्दो मूल्यअनुसार समायोजन गरिए उपभोक्ताले नेपालमा ८० रुँपैया प्रतिलिटर पेट्रोल पाउनपथ्र्यो। अभाववीच उपभोक्तालृ महँगो मूल्य मात्र होइन कालोबजारीको भर पर्नु परेको छ ।

अघिल्ला आर्थिक वर्षमा सञ्चित घाटामा रहेको निगमले विभिन्न् बैंक तथा वित्तिय संस्था तथा सरकारसँग लिएको ३६ अर्ब रुपैँया रिण तिरिरहेको थियो । बोनस बाँड्दै गर्दा निगमले अझै सरकारलाई १२ अर्ब तिर्न बाँकी छ ।आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts