Sunday, January 17, 2016

मन्त्रीविरुद्ध उजुरी गर्न पेरिसडाँडामा पत्रमञ्जुषा

काठमाडौं,माघ ४ । सरकारमा सहभागी आफ्ना मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेपछि एकीकृत माओवादीले सर्वसाधारणबाट सुझाव माग्न थालेको छ। त्योसँगसँगै मन्त्रीका गलत कामविरुद्ध उजुरी दिनसमेत छुट्टै पत्रमञ्जुषा एमाअोवादी कार्यालयमा राखिएको छ।  एकीकृत माओवादीले पार्टी कार्यालय पेरिसडाँडामा पेटिका राखेर सरकार सञ्चालन सहयोग तथा समन्वय समिति मन्त्रीहरुले गर्नुपर्ने नयाँ कामको योजनाबारे सुझाव दिन सर्वसाधारणलाई आग्रह गरेको छ। पार्टीको तर्फबाट वर्तमान सरकारमा सहभागी आठ मन्त्रीले केही गलत काम गरेको भए तिनीहरुको बारेमा उजुरी दिन पनि भनिएको छ।त्यस्तो उजुरीलाई गोप्य राखिने छ नयाँ पत्रिका दैनिकमा समाचार छ ।

एमाओवादीको कार्यालय सचिवसमेत रहेका सरकार सञ्चालन सहयोग तथा समन्वय समितिका सचिवालय सचिव प्रकाश पोखरेलले मन्त्रीका गलत कामबारे उजुरी र सुझाबका लागि पेटिका राखिएको बताए । प्रत्येक बैठकमा पेटिका खोलिने पोखरेलका अनुसार उजुरीपेटिका समितिको प्रत्येक बैठकमा खोलिनेछ । उजुरी र सुझाब सम्बन्धित मन्त्रीलाई देखाइनेछ । उजुरीबारे मन्त्रीहरूसँग जवाफ मागिने र गलत गरेको भए सच्याउन निर्देशन दिइने उनले बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts