अशोक मैनाली -सोल । कोरिया भ्रमणमा रहनु भएको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधब कुमार नेपालले नेपालमा कोरियाली लगानी र प्रविधी भित्राउन पहल गर्ने बचन दिनुभएको छ । कोरियाको ख्वाड्जु सिटीको निमन्त्रणामा पाल्नु भएको नेपालले कार्यक्रममा कोरियाले छोटो अबधीमा गरेको प्रगतीले विश्व चकित परेको बताउदै अब नेपालले पनि यो पाठ सिक्नु पर्ने बताए ।
संविधान निर्माणपछि नेपालमा लामो समय देखिको राजनितीक क्रन्तिको अन्त्य भयो, अब आर्थिक क्रन्ति तर्फ लम्कनु पर्ने बेला आएको उहाँले बताए । उनले भने अन्य देशको तुलनामा हामी स्रोत र साधनमा धनी छौं अब जनतालाई आर्थिक रूपमा सवल र सम्पन्न बनाउनु आफ्नो एक मात्र उदेश्य रहेको छ, दश वर्ष भित्रमा नेपाललाई सम्पन्न बनाउने सपना आफुसँग छ ।
यसको लागी कोरियाली प्रविधी र सहयोगको आवश्यकता रहेको औलाउंदै सहयोगको लागी अपिल गरे । उनले भूकम्पको समयमा कोरिया र कोरियन नागरिकले गरेको सहयोग र सद्भाव प्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिए । उनले आफुहरूले कोरियाले दक्ष प्राविधीकहरूलाई नेपालमा तालिमको लागी पठाईएर सहयोग गरोस् भन्ने चाहेको बताए । यहाँको आधुनिक कृषि प्रणाली ,प्रविधी र उधोग कलकारखानाको अवलोकन भ्रमण समेत गरेका थिए ।
अवलोकन भ्रमणको क्रममा उनको भव्य स्वागत गरिएको थियो । कोरिया भ्रमणको क्रममा उनले कोरियाका बिभिन्न राजनैतिक दलका नेता ,नागरिक समाजका प्रतिनिधी ,बिकास तथा अर्थ बिज्ञ ,बरिष्ठ चिकित्सकहरू ,ख्वाड्ंजु नगरका मेयर लगायत संग भेटवार्ता गरेका थिए । त्यस्तै राजधानी सोलमा एन आर एन कोरियाले उनको स्वागत तथा सम्मानमा राखेको ‘स्वागत तथा भेटघाट कार्यक्रम गरेको थियो ।
१० बर्ष भित्र नेपाललाई सम्पन्न बनाउने सपना !
गत बैशाखमा गएको गोर्खा महाभूकम्प पछि भूकम्प पिडितलाई सहयोग गर्न नेपाल गएका नेपाललाई माया गर्ने कोरियालीहरूलाई सरकारको नेतृत्व गरिरहेको दल(नेकपा एमाले)का बरिष्ठ नेता समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले नेपाललाई १० बर्ष भित्र सम्पन्न गर्ने आफ्नो योजना सुनाए । सिटीभीटिका कार्यकारी निर्देशक डा रामहरी लामिछाने र अष्ट ज अभियानका महासचिव तथा एकेबद्दता प्रकाशन प्रालीका अध्यक्ष निलकण्ठ तिवारी संगै रहेका उनले नेपालका स्रोत र साधनको समुचित प्रयोग गरेर सम्पन्न बनाउने योजना सुनाए ।
उनले यसको लागी कोरियाली प्रविधी र सहयोगको आवश्यकता रहेको औलाउंदै सहयोगको लागी अपिल गरे । उनले भूकम्पको समयमा कोरिया र कोरियन नागरिकले गरेको सहयोग र सद्भाव प्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिए । उनले आफुहरूले कोरियाले दक्ष प्राविधीकहरूलाई नेपालमा तालिमको लागी पठाईएर सहयोग गरोस् भन्ने चाहेको बताए ।
कोरिया भ्रमणको क्रममा उनले कोरियाका बिभिन्न राजनैतिक दलका नेता ,नागरिक समाजका प्रतिनिधी ,बिकास तथा अर्थ बिज्ञ ,बरिष्ठ चिकित्सकहरू ,ख्वाड्ंजु नगरका मेयर लगायत संग भेतवार्ता गरेका थिए । त्यस्तै राजधानी सोलमा एन आर एन कोरियाले उनको स्वागत तथा सम्मानमा राखेको ‘स्वागत तथा भेटघाट कार्यक्रम’मा उनले नेपालमा लगानी गर्न आग्रह गरे । उनले देशमा लामो संघर्ष पछि प्रजातान्त्रिक तरिकाले संविधान निर्माण गरिएको भन्दै संविधानमा सबैको अधिकार स्थापित भएको बताए । संविधान संशोधन गरेर मधेसको समस्या समाधान हुन्छ भने आफु त्यसको लागी तयार रहेको समेत उनले बताए । साथै उनले मधेसी लगाय सबै जातजातीलाई समेटेर अघि बढ्न पनि एन आर एन कोरियालाई अनुरोध गरे । उनलाई कोरियाका बिभिन्न राजनैतिक तथा अन्य संघ संस्थाहरूले पनि स्वागत गरेका थिए ।
नेपालमा ‘ख्वाडंजु किल्निक’ स्थापना गरिने
कोरियाको ख्वाड्जु सिटीको सहयोगमा नेपालमा ‘ख्वाडं्जु पनि स्थापना हुने भएको छ । समाजसेवी तथा व्यवसायी रूद्र शर्माको पहलमा धेरै पहिले देखि शुरू भएको यस अभियानले पूर्व प्रधानमन्त्री नेपालको यो भ्रमण र भेटघाट पछि मुर्त रूप पाएको हो । काठमाण्डौको साँखुमा स्थापना हुन लागेको ‘ख्वाड्ंजु किल्निक’को लागी जग्गा समेत व्यवस्था भईसकेको छ ।
पूर्व प्रधानमन्त्री नेपालको भ्रमणको पलल समेत गरेका र त्यहि सिटीमा व्यवसाय सन्चालन गरिरहेका शर्माले अब नेपालमा ‘ख्वाडंजु किल्निक’ स्थापना हुने निश्चित भएको बताए । उनले ख्वाडं्जु सिटीले नेपालको बिभिन्न सहयोग गर्न चाहेको बताउदै नेपाल सरकार र राजनैतिक दलहरूले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताए । नेपालमा सहयोग गर्न चाहने कोरियालीहरू नेपालको कर्मचारीतन्त्रको असयोगका कारण निराश बनेर फर्कने गरेको घटनाहरूको स्मरण गर्दै उनले पूर्व प्रधानमन्त्री नेपाल संग यस्तो गुनासो गरेका हुन् ।
भूकम्पछि ख्वाड्ंजु नगरबाट ५ करोड भन्दा बढि सहयोग
भूकम्प पछि नेपाल पुगेको ख्वाड्ंजु नगरको राहत तथा उद्दार टोलीले अहिले सम्म ५ करोड रूपैयाँ भन्दा बढिको आर्थिक सहयोग गरेको छ । चिकित्सक र उद्दारटोली सहितको सो टिमले ललितपुर ,काठमाण्डौ ,नुवाकोट काभ्रेका बिभिन्न क्षेत्रमा स्वास्थ शिविर सन्चालन गरेर भूकम्पपिडितलाई राहत प्रदान गरेको थियो । त्यस्तै ख्वाड्ंजु सिटी र छन्नाम अस्पतालको सहयोगमा ललितपुरको मानिखेलमा रहेको अस्पतालमा १/१ चिकित्सक र नर्स राखेर सेवा प्रदान गर्दै आएको छ । सरकारको करोडौं लगानीमा बनेको सो अस्पताल भवन यस अघि जनावर र चौपायहरू चर्ने स्थल बन्दै आएकोमा कोरियाली सहयोगमा सो अस्पताल सन्चालनमा आएको हो ।समाजसेवी रूद्र शर्माको पहलमा ख्वाडंजु सिटीले महाभूकम्पले ल्याएको बिपत्तीको समयमा सहयोग गरेर धेरैको मन जितेको थियो ।
भूकम्प आएको तेस्रो दिनमा नै सो समाजसेवी शर्माको पहलमा नेपाल पुगेको थियो । भूकम्पले अत्याएको समयमा नेपाल गएर सहयोग गरेर पिडितलाई ठुलो राहत प्रदान गरेको थियो । मिडियामा खासै आउन नरूचाउने समाजसेवी शर्माको अभियानमा ख्वाडंजु सिटीका नेपाललाई मायाँ गर्ने अन्य कोरियालीहरूले समेत सहयोग गरेका छन् । नेपालमा लगानी भित्राउन पहल गरिरहेका उनले पूर्व प्रधानमन्त्री नेपालको कोरिया भ्रमणले आफ्नो अभियानमा टेवा पुग्ने विश्वास गरेका छन् । प्रचार भन्दा पनि व्यवहारिक परोपकारितामा लाग्नुपर्ने बताउने उनि सबैले सकारात्मक सोचाई राख्ने हो भने नेपाललाई सहयोग गर्न कोरियालीहरू आतुर रहेको बताउछन् ।
No comments:
Post a Comment