Sunday, January 17, 2016

मधेसी नेताहरु पालै पालो दिल्ली:महतो फर्किए,ठाकुर दिल्लीतिर

काठमाडौं,माघ ३ । मधेसी नेताहरुको दिल्ली दौड बाक्लिएको छ । मन्त्रीपरिषद्ले सहमतिका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई गरेको तीन बुँदे प्रस्तावलाई भारतले स्वागत गरेपछि मधेसी नेताहरु पालै पालो दिल्ली जान लागेका हुन् । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो काठमाडौं फर्किए लगत्तै तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर आइतबार नयाँ दिल्ली जान तयार भएका छन्।

मोर्चाको मुख्य घटकका नेता ठाकुर नयाँ दिल्ली जान लागेका हुनेता ठाकुर अपरान्ह ४ बजे जेट एयरवेजको उडानबाट उनी नयाँ दिल्ली जान लागेका हुन्। स्वास्थ्य उपचारको लागि दिल्ली जाने भनिए पनि उनले त्यहाँ राजनीतिक भेटघाट समेत गर्नेछन्। यसअघि पनि भारतको निमन्त्रणामा मसिर २० गते दिल्ली गएर मधेसी मोर्चाका नेताहरु २३ गते फर्केका थिए । नेपाल सरकारले मधेसी मोर्चालाई सहमतिमा ल्याउन दिल्ली सरकारलाई दिएको चार बुँदे प्रस्तावको बारेमा छलफल गर्न मधेसी मोर्चाका नेताहरुलाई दिल्लीले डाकेको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts