काठमाडौं,माघ ३ । गोप्य रुपमा राजधानी आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्ध दिवस भव्य रुपमा काठमाडौंमा मनाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । काठमाडौंको वनस्थलीमा शनिबार उपत्यकाका तीन जिल्लाका जिल्लास्तरीय नेता तथा अगुवा कार्यकर्तालाई जम्मा गरेर ‘विप्लव’ले फागुन १ गतेको जनयुद्ध दिवस राजधानीमा भव्य रुपमा मनाउन निर्देशन दिएको स्रोतले जनाएको छ । फागुन १ गते ‘विप्लव’ माओवादीले सबैको मन र मस्तिष्कमा ‘धक्का’ दिने गरेर तयारी गरेको छ ।
गोप्य प्रशिक्षणमा सहभागी एक केन्द्रीय नेताका अनुसार जनयुद्धका कारण माओवादी पार्टीले ठूलो जित हासिल गरेको बताएका ‘विप्लव’ले विभाजित माओवादी आन्दोलनलाई आफूहरूले संगठिन बनाउन सक्ने क्षमता रहेको बताए ।
‘ठूलो जित हासिल गर्दागर्दै पनि केही केन्द्रीय नेतृत्वहरूको असक्षमता र पलायनवादी सोँचका कारण माओवादी आन्दोलन विभाजित भएको छ’, महासचिव ‘विप्लव’ले भने, ‘अबफेरि माओवादी आन्दोलनलाई उचाइँमा पुगाउने दायित्व तपाईरहामीमा थपिएको छ ।’ महासचिव ‘विप्लव’ले अगाडि भनका छन्, ‘माओवादी आन्दोलनको नेतृत्व कर्ता नेकपा माओवादी हो । हामी मुल खोला हौँ । प्रचण्ड र किरणले नेतृत्व गरेको माओवादी सहायक खोला हुन् । ती खोला अन्त्यमा हाम्रो मुल खोलामा आफै आएर मिसिने छन् । हामी त्यहाँ गएर कदापि मिसिन सक्दैनौँ ।’
‘विप्लव’ले सांगठनिक विषयलाई सबैले महत्व दिनुपर्ने प्रशिक्षणका क्रममा नेताहरूलाई निर्देशन दिएका थिए । आफू सोही अभियानका क्रममा मुलुकका विभिन्न जिल्लाहरूमा सक्रिय रुपमा लागेको भन्दै उनले भने, ‘म भूमिगत भएको छैन । जनताका माझमा छु । मैले खुल्ला रुपमा सांगठनिक कार्य गर्दै आएको छु ।’
प्रशिक्षणमा अधिकांश जिल्लाहरूमा जनपरिषद् गठन भइसकेको जानकारी दिइएको थियो । जनपरिषदमार्फत ‘विप्लव’ माओवादीले आफ्नो संगठनलाई सशक्त रुपमा अगाडि बढाउने रणनीति बनाएको दैनिकी नेपालमा समाचार छ । प्रशिक्षणमा राजधानीमा रहेका अधिकांश केन्द्रीय नेताहरूको पनि सहभागिता रहेको थियो ।
Saturday, January 16, 2016
फागुन १ मा ‘राजधानीमा धक्का’ दिने,‘विप्लव’ माओवादीको गोप्य तयारी
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment