Saturday, January 16, 2016

ग्यास लिन गएका डेढ सय बुलेट लाइनमा, देशभर ५८ लाख सिलिन्डर खाली

काठमाडौं,माघ ३ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)बाट मागेजति ग्यास आइरहेको दाबी गरे पनि उद्योगीले प्रर्याप्त ग्यास नपाएको जनाएका छन् । नेपालले ग्यास आयात गर्दै आएको आइओसीको हल्दिया, बरौनी, मथुरा र पानीपत रिफाइनरीमा शनिबार साँझसम्म करिब डेढ सय बुलेट लाइनमा बसेको उद्योगीले बताएका छन् । ग्यास उद्योग संघका अनुसार हल्दियामा ४०, बरौनीमा ६०, मथुरामा २५ र पानीपत रिफाइनरीमा ८ बुलेट लाइनमा रहेको नयाँ पत्रिकामा खबर छ ।
देशभर ५८ लाख सिलिन्डर खाली
मुलुकभर ५३ ग्यास उद्योगका ६५ लाख सिलिन्डर प्रयोगमा छन् । आयाल निगमले कुल सिलिन्डर एक तिहाइ हुन आउने २१ लाख ६६ हजार सिलिन्डर भर्न पुग्ने ग्यास परिमाणको आंकलन गरी भारतबाट ग्यास ल्याउने उद्योगीलाई अनुमति दिँदै आएको हुँदा देशभर ५८ लाख सिलिन्डर खाली रहेको उद्योगीले जनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts