Saturday, January 16, 2016

पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले सम्मानित

काठमाडौं,माघ २ । राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर)  नगदसहित सम्मानित भएका छन् । फ्युचर स्टार हाई स्कुल, जाउलाखेलले वार्षिक खेलकुद दिवसका अवसरमा  घलेलाई शनिबार सम्मान पत्र र नगद १० हजारनगद सहित सम्मान गरेको हो ।

राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद ९अहिले साग० अन्तर्गत फुटबलमा स्वर्ण जित्ने टोलीका सदस्य लोकबहादुर शाही र फ्युचर स्टारकी प्रिन्सिपल मन्जु कार्की लामिछानेले घलेलाई  सम्मान गरे । करिब १० वर्ष राष्ट्रिय फुटबल टोलीमा आबद्ध घलेले सन् १९८२ मा भारतको दिल्लीमा भएको एसियाली खेलकुदको फुटबलमा गरेको गोल नै नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल मानिन्छ । १९८४ मा काठमाडौंमा भएको पहिलो साफको फुटबलमा नेपालले स्वर्ण जित्दा घले पनि टोलीका सदस्य थिए ।

५८ वर्षिय घलेले विश्व कप छनौट, ओलम्पिक छनोटलगायत थुप्रै अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । घले प्रख्यात भिक्टोरिया क्रसबाट विभूषित गजे घलेका छोरा हुन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts