काठमाडौं,माघ २ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका अभियन्ता डा. बाबुराम भट्टराईले असम्भव कुरालाई कुटेर, पिटेर र थिचेर भए पनि सम्भव बनाउनुपर्ने बताउनुभएको छ । जसरी फलाम तातेपछि कुटौला भनेर बस्ने हो भने ढिला हुन्छ, त्यसरी नै समृद्ध नेपाल बनाउन ढिला भैसकेकाले बरु तताउन पहिल्यै कुट्दै पिट्दै गर्नुपर्छ पर्खने समय छैन, उहाँको कथन थियो । सम्भव छ भन्दैमा बसेर सम्भव हुन्न, त्यसैले उठेर जुटेर कसरी हुन्छ सम्भव बनाउनुपर्छ, सम्भव छ नेपाल संस्थाको उद्घाटन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि भट्टराईले सङ्क्षिप्त तर जोडदार मन्तव्यमा भन्नुभयो ।
निरासावादीहरूलाई आसा जगाउँदै भरोसा दिन नयाँ शक्तिको उदय भएको बताउँदै नेता भट्टराईले यो शक्ति सबै देशभक्त, राष्ट्रवादी र परिवर्तन चाहनेहरूको साझा संगठन भएको उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष शंकर प्रधानको सभापतित्त्वमा सम्पन्न उक्त कार्यक्रममा भूकम्पपीडितलाई सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो भने चन्द्रकुमार दोङ, प्रताप राना मगर, कोपिला गुरुङ र शिला गुरुङको गायन तथा विभिन्न कलाकारले नृत्य गरेका थिए ।
No comments:
Post a Comment