Sunday, January 24, 2016

शरतसिंह भण्डारी कांग्रेसमा !

काठमाडौं, माघ  ११ ।  नेपाली कांग्रेसले राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का अध्यक्ष शरतसिंह भण्डारीदेखि लिएर संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्व कृषिमन्त्री हरिनारायण यादवसम्मलाई पार्टीको क्रियाशिल सदस्यका रुपमा कायम राखेको छ ।
आजको राजधानी दैनिकमा खबर छ–कांग्रेस निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको क्रियाशिल सदस्यको सूचीमा ११ औं महाधिवेशनलगत्तै पार्टी परित्याग गरेका भण्डारीलगायतका पूर्वनेताहरुलाई समेत क्रियाशिल सदस्यका रुपमा अद्यावधिक गरेको पाइएको हो ।

क्रियाशिल सदस्य छानबिन समितिको लापरबाहीका कारण अर्कै पार्टीका अध्यक्षलाई समेत कांग्रेसको क्रियाशील सदस्यका रुपमा अद्यावधिक गरेर गम्भिर त्रुटि गरेको पाइएको छ । भण्डारीको महोत्तरी -६ र यादवको महोत्तरी(२ बाट क्रियाशिल सदस्यको सूचीमा नाम रहेको छ । हजारौं त्रुटी भएपछि त्यसलाई सच्चाउन आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts