Sunday, January 24, 2016

बाबुरामको नयाँ शक्तिबाट हिसिला आउट

काठमाडौं,माघ ११ । बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानको केन्द्रिय समितिमा बाबुराम पत्नी हिसिया यमीको नाम छुटाइएको छ । हिसिलाको कारण बाबुरामप्रति मान्छेको विस्वास नभएको ठहर गर्दै उनको नम जानीजानी सार्वजनिक नगरिएको चर्चा चलेको छ । ठूलो तामझामको साथ घोषणा गरिएको बाबुराको नयाँ शक्तिमा पूर्व प्रशासक र पूर्व प्रहरी हाकिमहरुको लर्को देखिएको छ । कांग्रेस र एमालेको कोटामा नअटेका र भविष्यमा राजनीतिक नियुक्ति खाने लोभ पालेर बसेका बुढाखाडाहरु बाबुरामको नयाँ शक्तिमा सदस्य बनेका छन् ।

बाबुरामको नयाँ शक्तिमा नेपाल प्रहरीका पूर्व आईजीपी गणेशराज राई , सशस्त्र प्रहरीका पूर्व एआईजी ऋषभदेव भट्टराई, नारायण पाण्डेलगायत जोडिएका छन् । यस्तै पूर्व सचिव रामेश्वर खनाल, प्रा डा प्रविण मिश्र, नथुप्रसाद चौधरी, बज्रकिशोर यादव, हरेराम चौधरी पनि नयाँ शक्तिको केन्द्रीय सदस्य बनेका छन् ।

पुरानो शासनसत्ताको नेतृत्वमा बसेर लुट्नुसम्म लुटेर अघाएकाहरु बाबुरामको नयाँ शक्तिमा गएर के काम गथर्लान् ? यस्ताबाट के कुरा आउला ? अल्फाबिटमा आयोजित नयाँ शक्तको कार्यक्रममा सशभागिहरुबीचमै यो प्रश्न उठेको थियो । बाबुरामको नयाँ शक्तिको ३५ सदस्यीय केन्द्रीय समितिमा अधिकांश आउट डेटेड मान्छेहरु राखिएको आज प्रकाशित साँधु साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts