काठमाडौं,माघ ११ । स्वास्थ्य स्थितिले साथ नदिएका कारण कांग्रेस सभापति सुशील कोइराला जिल्ला भ्रमणमा निस्कन सकेका छैनन् । आजको तरुण साप्ताहिकमा खबर छ–तर, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल भने जिल्ला भ्रमण तथा कार्यकर्ता भेटघाटलाई तीव्रता दिइरहेका छन् । जिल्ला भ्रमणमा जान नसके पनि कोइरालाले कार्यकर्तालाई आफ्नै निवासमा भेट्ने गरेका छन् ।
भेटेर फर्कने कार्यकर्ताहरु सभापति कोइराला पुनः उम्मेदवार बन्ने कुरामा ढुक्क देखिन भने सकेका छैनन् ।
पछिल्लो समयमा जाडे बढेसँगै कोइरालाको स्वास्थ्य स्थिति निक्कै कमजोर भएको छ । उमेरले ८० वर्ष नाघेका कोइराला यतिबेला दमको रोगले समेत पीडित बनेका छन् ।
श्वासप्रश्वासमा समस्या भएका कारण भर्याङ उक्लँदासमेत कोइरालालाई गत मंगलबार डा. करबीरनाथ योगीले अक्सिजन जडान गरिदिएका छन् । डा. योगी निकटका अनुसार कोइरालालाई चिसो रहुन्जेल अर्थात आगामी फागुनको पहिलो सातासम्म अक्सिन नछाड्न चिकित्सकले सल्लाह दिएका छन् ।
No comments:
Post a Comment