Sunday, January 24, 2016

निगमले माग्यो जहाज किन्न ३७ अर्ब

काठमाडौं,माघ ११ । नेपाल वायु सेवा निगमले अन्तराष्ट्रिय उडानका निम्ति चारवटा जहाज खरिद गर्न ३७ अर्ब रुपैयाँ माग गरेको छ। निगमले दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ र दुईवटा न्यरोबडीका लागि १२ अर्ब रुपैयाँ माग गरेको निगम सञ्चालक समितिका अध्यक्ष एवं पर्यटन सचिव दिनेशकुमार थपलियाले जानकारी दिए।

अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ-उनका अनुसार निगमले तयार पारेको तीन वर्षे सुधार कार्ययोजनाअनुसार जहाज खरिद पहिलो प्राथमिकतामा छ। निगमले तीन वर्षभित्रमा नै दुईवटा वाइडबडी खरिद गर्ने निर्णय एक साताअघिको निगम सञ्चालक समितिको बैठकबाट गरिसकेको छ। यो निर्णयले निगमले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक हुँदै अर्थमा पेस गरेको छ। अर्थको सहमति पाएपछि यो प्रस्ताव मन्त्रिपरिषदमा पेस हुनेछ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts