Sunday, January 24, 2016

दाताले फिर्ता मागे शान्ति कोषको २ अर्ब अनुदान

काठमाडौं,माघ ११ । शान्ति कोषअन्तर्गतको बास्केट फन्डमा जम्मा भएको रकम तोकिएको समयभित्र खर्च हुन नसकेपछि दातृ निकायहरुले सहयोग रकम फिर्ता माग्न थालेका छन्। सरकारसँग सन् २०१५ को डिसेम्बरसम्ममा सहयोग रकम खर्च गरिसक्ने सम्झौता गरेका ती दातृ निकायले सो अबधिभित्रमा खर्च नभएपछि सहयोग रकम नै फिर्ता मागेका हुन्।

राजधानी दैनिकमा समाचार छ-शान्ति मन्त्रालय उच्च सो्तका अनुसार स्विट्जरल्याण्ड, नर्वे र डेनमार्कले आफूले गरेको सहयोग रकम फिर्ता मागेका हुन्। उनीहरुले कोष सचिवालयसँग तोकिएको समयसीमाभित्र रकम खर्च हुन नसकेकाले खर्च हुन नसकेको सबै रकम फिर्ता मागेको मन्त्रालय स्रोतले बतायो। स्रोतका अनुसार तीन देशले आफूले उपलब्ध गराएर पनि तोकिएको समयभित्र खर्च हुन नसकेको २ अर्ब रुपैयषँ फिर्ता मागेका हुन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts