Sunday, January 24, 2016

सर्वोत्कृष्ट विद्यार्थीलाई स्थायी शिक्षक बनाइने

काठमाडौं,माघ १० । उच्च शिक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई उसले चाहेको खण्डमा शिक्षण पेसामा स्थायी नियुक्ति दिने योजना अगाडि बढाइएको छ । शिक्षा मन्त्रालयले आगामी साउन महिनाबाट कार्यान्वयनमा ल्याउन लागेको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) मार्फत सर्वोत्कृष्ट विद्यार्थीलाई त्यस्तो आकर्षण दिइने भएको समाचार गोरखापत्र दैनिकले छापेको छ । शिक्षा पत्रकार सञ्जाल ९इजोन०ले आइतबार आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव डा. मुकुन्दमणि खनालले प्रतिभाशाली विद्यार्थीलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो योजना ल्याउन लागिएको जानकारी दिए ।

उनले उच्च माध्यमिक र स्नातक तहमा सर्वोत्कृष्ट अंक हासिल गर्नेलाई आधारभूत तह (कक्षा १-८)मा र स्नाकोत्तर तहमा सर्वोत्कृष्ट अंक हासिल गर्नेलाई माध्यमिक तह (कक्षा ९-१२)मा अध्यापन गर्न स्थायी नियुक्ति गरिने बताए ।
हाल एसएलसी परीक्षामा तेस्रो श्रेणीमा उत्तीर्ण हुनेहरु उच्च शिक्षामा शिक्षाशास्त्र विषय लिने गरेका छन् । अव्वल विद्यार्थीलाई शिक्षण पेशातर्फ आकर्षण गराउन सकिएमा शैक्षिक स्तरमा सुधार आउने विश्लेषण गर्दै मन्त्रालयले त्यस्ता विद्यार्थीलाई सिधै स्थायी नियक्तिको अवसर दिन चाहेको हो ।

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts