Sunday, January 24, 2016

शीर्ष स्थानको दौडमा रहेको आर्सनल चेल्सीसँग पराजित

एजेन्सी,माघ ११ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको आर्सनल चेल्सीसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन चेल्सीसँग १–० ले पराजित भएपछि आर्सनलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । आर्सनललाई उसकै घरेलु मैदानमा हराउन चेल्सीका लागि २३ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोल नै निर्णायक बन्यो ।

१८ औं मिनेटमा डिफेन्डर पेर मेर्टेसाकेर रातो कार्डखाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो । आर्सनलले खेलमा गोल नै फर्काउन सकेन र १-० ले पराजित हुँदै शीर्ष स्थानमा उक्लने मौका गुमायो । आर्सनल २३ खेलबाट ४४ अंकसहित तेस्रो स्थानमा छ । लिग लिडर लिसेस्टरको ४७ अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ४४ अंक छ । चेल्सी २८ अंकसहित १३ औं स्थानमा छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts