काठमाडौं, माघ ११ । नेपाल आयल निगमले अर्को साताबाट सबै पेट्रोल पम्पबाट इन्धन वितरण गर्ने तयारी गरेको छ । पछिल्लो समय इन्धन आपूर्ति बढेपछि निमगले सबै निजी पेट्रोल पम्पबाट इन्धन वितरण गर्ने तयारी गरेको हो । निगमले अहिले आलोपालो गरी पेट्रोलपम्पहरुलाई तेल दिँदै आएको छ । निजी सवारी साधनहरुले भने मोटरसाईकलले मात्र लट अनुसार तेल पाएको छ । चारपाङग्रेले भने तेल पाएको छैन् ।
पछिल्लो समय इन्धन आयात बढ्दै जानुका साथै नाकाहरु केहि खुकुलो भएपछि आपूर्ति सहज बन्दै गएको छ ।
भारतिय नाकाबन्दीको मारले गर्दा नेपालीहरुले तेल र ग्याँसको अभाव झेल्दै आएका छन् । विराटनगर, नेपालगन्ज र भैरहवाका तीन डिपोलाई काठमाडौं उपत्यकामा इन्धन ल्याउन निर्देशन दिएपछिसँगै इन्धन भित्रिने क्रम बढेकाले सबै पम्पबाट तेल वितरण गर्ने निगमले तयारी गरेको निर्देशक मुुकुन्दप्रसाद घिमिरेले बताए । पहिले जस्तै नियमित तरिकाले तेल वितरण गर्न नसकिए पनि सबै पम्पबाट कोटा निर्धारण र जोर विजोर प्रणालीबाट तेल वितरण गर्ने जनाइएको छ ।
No comments:
Post a Comment