Saturday, January 2, 2016

फेरी हुन सक्छ ‘जनयुद्ध’ ! विप्लव माओवादी सशस्त्र विद्रोहको तयारीमा

काठमाडौं,पुष १९ । एकीकृत जनक्रान्तिको कार्यदिशा अबलम्बन गर्दै सशस्त्र विद्रोहको तयारीमा जुटेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पूर्ववत् माओवादीकै शैलीमा कार्यक्रम गर्न थालेको छ। एकीकृत माओवादी नेतृत्वले क्रान्तिप्रति धोका र गद्दारी गरेको र नेकपा क्रान्तिकारी माओवादी अकर्मण्यतामा फसेको निष्कर्षसहित उसले विगत जनयुद्ध कै गोरेटो पछ्याउन थालेको छ। राजधानी दैनिकमा समाचार छ।

पार्टी केन्द्रीय समितिदेखि अन्य कतिपय कार्यक्रमलाई समेत अर्धभूमिगत बनाएको चन्द माओवादीले अधिकांश नीति तथा कार्यक्रम जनयुद्धकालीन शैलीमै अगाडि बढाउन थालेको छ । स्रोत अनुसार उसले राज्यलाई टक्कटर दिन केन्द्रदेखि तल्लो निकायसम्मै समानान्तर ढंगले कार्यक्रम अगाडि बढाउने र राज्यसत्ता कब्जा गर्ने कार्ययोजना अघि सारेको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts