विराटनगर,पुष १९ । मोरङ बनिगामा–१ कोरेसी टोलका मुस्लिम महिला सार्वजनिक शौचालय प्रयोग गर्न पाउँदैनन् । महिलाले मस्जिदभित्र पस्न र छुन नहुने मान्यता रहेकाले मस्जिदनजिकै निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोग गर्न उनीहरले नपाएका हुन् ।
अधिकांशको घरमा शौचालय छैन । टोलमा भएको एकमात्र शौचालय पनि प्रयोग गर्न नपाएपछि कोरेसी टोलका महिला खुला ठाउँमा शौच गर्न बाध्य छन् । गाउँका अगुवा पुरुषले भने मस्जिदकै सार्वजनिक शौचालय प्रयोग गर्दै आएका छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
No comments:
Post a Comment