एजेन्सी,पुष १९ । इंङ्गलिस प्रिमियर लिग फुटबलमा शनिवार राति सम्पन्न खेलहरुमा शिर्ष क्लवहरु, आर्सनल, म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलले न्युकासल युनाईटेडलाई १-० ले हरायो । म्यान्चेस्टर सिटीले भने वाट्फोर्डलाई २-१ ले पाखा लगायो । वेयन रुनीको उत्कृष्ट गोलको मद्दतले म्यान्चेस्टर युनाइटेडले स्वान्सीलाई पराजित गर्दै आठ खेलको जीतविहिन यात्राको अन्त्य गरेको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा १३ मिनेट बाँकी छँदा एन्टोनी मार्सियालको पासलाई फ्लीक गर्दै रुनीले युनाइटेडलाई महत्वपूर्ण तीन अंक दिलाए ।
प्रिमियर लिगका अन्य खेलहरुमा वेष्ट ह्याम युनाईटेडले लिभरपुललाई २-० ले, नर्वीच सिटीले साउथह्याम्पटनलाई १-० ले, सण्डरल्याण्डले एस्टन भिल्लालाई ३-१ ले तथा वेष्ट ब्रोमले स्टोक सिटीलाई २-१ ले पराजित गरे । गएरातीका खेलपछि इंग्लीश प्रिमियर लिगको अंक तालिकामा २० खेलबाट ४२ अंक जोडेको आर्सनल शिर्ष स्थानमा छ । समान खेलबाट ४० अंक जोडेको लेष्टर सिटी दोस्रो स्थानमा छ भने तेस्रो स्थानको म्यान्चेस्टर सिटीको ३९ अंक छ । प्रिमियर लिगमा आइतबार राती दुई खेल हुनेछन् । आज संकटग्रस्त क्लव चेल्सीले क्रिष्टल प्यालेसको सामना गर्दा एभर्टनले टोटनह्याम हट्सपरसँग खेल्नेछ ।
No comments:
Post a Comment