Saturday, January 2, 2016

बदला लिन दाउमा भारत, सुखद विदाको खोजीमा अफगानिस्तान

काठमाडौं,पुष १९ । भारतमा जारी एघारौं साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज हुदैछ । केरलामा जारी प्रतियोगिताको उपाधिलाई आयोजक भारत र साविक विजेता अफ्गानिस्तान भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे भारतको त्रिवेन्द्रम रंगशालामा हुनेछ । मालदिभ्सलाई ३९२ ले पराजित गर्दै भारतले फाइनल यात्रा तय गरेको हो । यस्तै डिफेन्डिङ च्याम्पियन अफगानिस्ताले श्रीलंकालाई ५ शून्यले हराउँदै उपाधिको लागि भारतसँगको भेट पक्का गरेको हो ।

दुई वर्ष अगाडि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागिता जनाएको अफ्गानिस्तानले त्यतिबेला फाईनलमा भारतलाई हराएर उपाधि जितेको थियो । यो वर्ष अन्तिम पटक साफ च्याम्पियनसिप खेलिरहेको अफ्गानिस्तान यस पटक पनि पुरानै प्रतिद्धन्दी भारतलाई हराएर प्रतियोगिताबाट सुखद विदा लिन चाहन्छ ।

भारत पनि यसपटक आफ्नै भुमिमा अफ्गानिस्तानलाई हराएर अघिल्लो पटकको हारको बदला लिन चाहन्छ । अर्को वर्षदेखि अफ्गानिस्तानले एशियाली फुटबल महासंघ ए.एफ.सी.को दक्षिण एशीयाली समुह छोडी मध्य एशियाली समुहबाट खेल्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts