रुपन्देही, पुष १९ । रुपन्देहीको देवदहमा गएराति रात्रीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत देवदहस्थित घोडाहा जंगलमा नारायणघाटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा अरु १६ जना घाईते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा, कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बाराका ३२ वर्षिय चुरक शाह रहेका छन् । अन्यको सनाखत भएको छैन । प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरुको भरतपुरमा उपचार भैरहेको छ ।
No comments:
Post a Comment