काठमाडौं,माघ २ । विनाशकारी भूकम्प गएको नौ महिनापछि आजबाट पुनर्निर्माण महाअभियान थालिदै छ । राष्ट्रपति विद्या भण्डारीले भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पुनर्निमाणको शुभारम्भ र प्रधानमन्त्री केपी ओलीले ललितपुरको बुङ्गमतिमा क्षतिग्रस्त पुरातात्विक सम्पदा पुनर्निमाणको कार्ययोजना सार्वजनिक गरेर पुनर्निमाण महाअभियान सुरु गर्न लागिएको हो ।
महाअभियानको थालनीसँगै तत्काल अति आवश्यक ठाउँहरुमा केही काम हुनेछ भने पुनर्निमाणको विस्तृत कार्य आगामी बैशाखबाट मात्र थालिने जनाइएको छ । समग्र पुनर्निमाणमा करिव सात खर्व रुपैयाँ खर्च गरिनेछ । पुनर्निमाणको कुल बजेट मध्ये दातृ निकायले करिव ४ खर्व रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
पुनर्निमाण प्राधिकरणका कायममुकायम सचिव मधुसुदन अधिकारीले तत्कालका लागि केही काम थालिए पनि विस्तृत कार्ययोजना बनेपछि आगामी बैशाखबाट पुनर्निमाण महाअभियानले तिव्रता पाउने बताए । गत बैशाख १२ गते गएको महाभूकम्पमा परी आठ हजार भन्दा वढीले ज्यान गुमाएका थिए भने पाँच लाख वढी नीजि घर क्षतिग्रस्त बनेका थिए ।
No comments:
Post a Comment