कञ्चनपुर, माघ २ । नेपाल र भारतको सीमा क्षेत्रमा दुई देशका खेलाडीबीच कुटाकुट भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच फुटबल चलिरहँदा भएको विवादले उग्ररुप लिएपछि शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ ।
खेलाडीबीच झडपको अवस्था सिर्जना भएपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कुटपिटबाट दुवैतर्फका खेलाडीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि बेलौरीस्थित इलाका प्रहरी, त्रिभुवनबस्ती इलाका प्रहरी र भारतीय प्रहरी घटनास्थल पुगेर विवाद साम्य पारेको थियो । खेल गराउँदै गरेका एम्पायरको निर्णयका विषयलाई लिएर दुई पक्षका खेलाडीबीच विवाद भएको बताउदै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले सोही विषयलाई लिएर सामान्य हातपात भएको जनाएका छन् ।
No comments:
Post a Comment