Friday, January 15, 2016

कूटनीतिज्ञले नै सोध्न थाले– ‘राजदूत खोइ ?’

काठमाडौं,माघ २ । केही मुलुकका राजदूतले कूटनीतिक जमघटमा नेपाली उच्च अधिकारीसित ‘गम्भीर टिप्पणी’ गर्न थालेका छन्, ‘आन्तरिक मामिला मात्र होइन, बाह्य सम्बन्धमा समेत सरकार किन गम्भीर भएन ? आन्तरिक राजनीतिको ओझेलमा किन दुईपक्षीय सम्बन्धलाई पारिन्छ ?’

आजको कान्तिपुर दैनिकमा खबर छ–पछिल्लो पटक मंगलबार र बिहीबार सरकारको बोलावटमा भएको कूटनीतिक भेटघाटमा समेत नेपालले मित्र मुलुकहरूमा लामो समयदेखि राजदूत नियुक्त गरेकोबारे अनौपचारिक छलफल भयो ।

कूटनीतिक जमघटका लागि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री निवास एक दिन बिराएर पुगेका राजदूतहरूले चिया गफमा यो दोहोर्‍याए, ‘राजदूत जस्तो सामान्य पदमा नियुक्ति गर्न नसकेको अवस्था देखिनु गम्भीर हो ।’नेपालीको उल्लेख्य संख्या रहेको कतार करिब तीन वर्षदेखि राजदूतविहीन छ । साउदी साउनदेखि खाली भएको हो । इजिप्टका राजदूत श्यामलाल तबदारको निधन भएपछि २०६९ मंसिरदेखि त्यहाँको दूतावास नेतृत्वविहीन छ ।

२०७० देखि श्रीलंका, बेलायत, ब्राजिल र जर्मनीमा राजदूत पद खाली छ । गत वर्ष राजदूत स्तर बनाइएको नयाँ दूतवास ओमान र बहराइनमा पनि राजदूत छैनन् । मंसिरबाट बंगलादेश र जापान खाली भएका हुन् ।

बेल्जियम, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, म्यानमार, यूएई, ब्राजिल र रुस खाली हुने क्रममा छन् । वैशाखभित्र राजदूत रिक्त मुलुक २१ वटा पुग्दैछन् । चीनमा खाली हुने भएपछि चार महिना म्याद थप गरेर राखिएको छ । कतार, बेलायत, श्रीलंका र जर्मनीले राजदूत नियुक्ति नगरेकामा सरकारको पटक–पटक ध्यानाकर्षण गराएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts