Saturday, January 9, 2016

महाधिवेशनलाई नै असर गर्ने गरी कांग्रेसमा फेरि उल्टिए सदस्यता विवाद

काठमाडौं,पुष २६ । गाउँ अधिवेशन हुन १९ दिन मात्रै बाँकी छँदा महाधिवेशनलाई नै असर गर्ने गरी कांग्रेसमा क्रियाशील सदस्यता विवाद फेरि उल्टिएको छ । क्रियाशील सदस्यता विवादबारे छलफल गर्न सभापति सुशील कोइरालाले आइतबार केन्द्रीय समिति बैठक डाकेका छन् । यसअघि बसेको केन्द्रीय सििमत बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्य संयोजक रहेको क्रियाशील सदस्यता छानविन समितिले सर्वसम्मत बुझाएको प्रतिवेदनमा कोइराला निकट सदस्य रामकृष्ण यादवले नोट अफ डिसेन्ट लेखेपछि फेरि विवाद ब्युँतिएको हो ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदनमा अन्तिम निर्णय गर्ने अधिकार छानविन समितिलाई नै दिएको थियो । समिति गठन गर्दाको कार्यादेशमा समितिभित्र विवाद भएमा संयोजकले दिएको राय नै अन्तिम हुने उल्लेख छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts