काठमाडौं,पुष २६ । एकीकृत नेकपा माओवादीले आर्थिक वर्ष २०७१/७२ मा ४ करोड रुपैयाँबराबरको आर्थिक कारोबार गरेको छ । अघिल्लो आर्थिक वर्ष (२०७०/७१) को तुलनामा उसको आयव्यय ओरालो लागेको छ ।अघिल्लो वर्षको तुलनामा उसको कारोबार झन्डै ३ करोडले घटेको छ । अघिल्लो आर्थिक वर्षमा एमाओवादीले ७ करोड हाराहारीमा आर्थिक कारोबार गरेको थियो ।
एमाओवादी केन्द्रीय कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कारोबार घट्नुमा पार्टी सदस्यहरूको नवीकरणदेखि अन्य आर्थिक स्रोतहरूको अवस्था कमजोर देखिनु मूल कारण रहेको राजधानी दैनिकमा खबर छ ।
निर्वाचन आयोगमा पार्टीको तर्फबाट बुझाउन तयार पारिँदै गरेको आर्थिक आय–व्यय प्रतिवेदन (अडिट रिपोर्ट) मा उसले आर्थिक वर्ष २०७१/७२ मा ४ करोड रुपैयाँको आम्दानी–खर्च भएको देखाएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई पुस मसान्तसम्म आफ्नो आम्दानी खर्चको विवरण बुझाउन गरेको आग्रहअनुसार एमाओवादीले अडिट रिपोर्ट तयार पारेको हो । रिपोर्टमा अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर हुन भने बाँकी छ ।
अघिल्लो आर्थिक वर्षमा एमाओवादीले ३ लाख पार्टी सदस्यबाट लेबी उठाएको विवरण निर्वाचन आयोगमा देखाए पनि यस पटकको अडिट रिपोर्टमा त्यो संख्यामा पनि कमी आएको छ । एमाओवादीले अहिले झन्डै २ लाख ७० हजार पार्टी सदस्य तथा शुभचिन्तकहरूबाट मात्रै लेबी उठाएको विवरण उल्लेख छ ।
Saturday, January 9, 2016
ओरालो लाग्यो एमाओवादीको आर्थिक कारोबार,आर्थिक स्रोतहरूको अवस्था कमजोर
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment