Saturday, January 9, 2016

उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

काठमाडौं,पुष २५ । एक्कासी मौसममा आएको परिवर्तनसँगै हिमाली क्षेत्रमा शुक्रबार रातीदेखि हिमपात भएको छ । हिमपातले हिमाली भेगका बासिन्दा प्रभावित भएका छन् । उच्च हिमाली भेगहरुका साथै दार्चुला, लाङटाङ क्षेत्रका वर्षासँगै हिमपात भएको हो ।

लाङटाङ गएको बैशाख १२ को विनाशकारी भूकम्पले पनि ठूलो क्षति पु¥याएको थियो । लाङटाङका बासिन्दा अझै पनि टहरोसमेत बनाउन नसकी पालमुनी बस्न बाध्य छन् । पालमुनी बसेका पीडितलाई हिमपातले झनै पिडा थपिदिएको छ ।

यस्तै, चन्दनबारी, ठूलो स्याफ्रु, थुमन, नाकथली, तातोपानी, सिम्बु र गत्लाङ क्षेत्रमा पनि हिमपात भएको छ ।

यसैगरी दार्चुलामा वर्षासँगै शुक्रबारदेखि हिमपात सुरु भएको छ । जिल्लाको उच्च हिमाली भेगका गाउँमा शुक्रबारदेखि हिमपात भएको स्थानीयले बताएका छन् ।

अपी नगरपालिकासँग जोडिएको खार गाविसको दल्लेक तथा खण्डेश्वरी, घुसा, राप्ला, सुन्सेरा, धौलाकोट, इयरकोट, सितोलालगायत ठाउँमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts