धनगढी,पुष २५ । उपप्रधान एवम् सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसीले भारतको नाकाबन्दी विरुद्ध सरकार अन्तर्राष्ट्रिय अदालत जाने बताएका छन् । शनिवार धनगढीमा भएको पत्रकार भेटघाटमा बोल्दै भारतले गरेको नाकाबन्दीको अन्तर्राष्ट्रियकरण गर्न पनि ढिलाइ भएको स्वीकार गर्दै उपप्रधानमन्त्री केसीले अन्तर्राष्ट्रियकरण गर्न ढिलाइ गर्नु सरकारको गल्ती भएको बताए । केसीले भने अझै पनि नाकाबन्दी नहटाए अन्तर्राष्ट्रिय अदालत जाने उल्लेख गरे ।
‘उनले भारतले लगाएको नाकावन्दी पारबाहन सन्धी बिपरित भएको उल्लेख गरे । पारवाहनको सुविधा पाउने हक विपरित भारतले लगाएको नाकावन्दी अन्तर्राष्ट्रिय कानून विपरित भएको उनले दोहोर्याए ।
सरकारमा सहभागी मन्त्रीहरुले भने नाकाबन्दी अन्तर्राष्ट्रिय कानून विपरित भएको सार्वजनिक अभिब्यक्ति दिने गरे पनि सरकारले भने नाकाबन्दी विरुद्ध कुनै पनि ठोस पहल गर्न सकेको छैन ।
No comments:
Post a Comment