Friday, January 8, 2016

पार्टीलाई बचाउन नेतृत्व परिवर्तन आवश्यक: सिटौला

काठमडौं,पुष २५ ।  नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीलाई बचाउन नयाँ नेतृत्वको खाँचो परेको बताउनु भएको छ । प्रेस युनियन मोरंङले शनिबार बिहान बिराटनगरमा गरेको पत्रकार सम्मेलनमा लामो समयदेखि कोइराला परिवारका विश्वासपात्र रहँदै आएका सिटौंलाले कोइराला परिवारसँग मोह भंग भएको बताउदै महाधिवेशनमा आफैं सभापतिमा लड्ने तयारीमा लागेका बताएका हुन् ।  देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउने हो भने अब नेतृत्व परिवर्तन आवश्यक रहेको बताए ।

अर्को प्रशंगमा सिटौलाले प्रधानमन्त्रीले ठट्टा गर्ने बानी प्रधानमन्त्रको कुर्सीमा बसेर नसुहाउने बताए । प्रधानमन्त्रीको कुर्सीमा बसेको मान्छे शान्त र जिम्मेवार हुनुपर्ने सिटौलाले बताए । मुलुक गम्भीर संकटमा परेको बेला जनताको समस्यामा हाँसीमजाक गर्नु ठिक नहुने उनले सुझाव दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts