Tuesday, January 19, 2016

मोर्चाको कार्यदल विघटन,देश बिखण्डनमा जाने मोर्चाको चेतावनी

काठमाडौं,माघ ५ । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोचाले अब कार्यदलस्तरको वार्ताको औचित्य समाप्त भएको ठहर गरेको छ । तीन दलसँग वार्ता गरी साझा अवधारणा बनाउनका लागि गठित कार्यदल मोधसी मोर्चाले विघटन गर्दै तीन दल र मोर्चाबीचको वार्ता फेरि भाँडिएको ठहर गरेको हो ।

मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित कार्यलयमा पत्रकार मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यदल विघटन भएको घोषणा गरेको हो। पत्रकार सम्मेलनमा मोर्चालाई पेलेरै जाने मुडमा तीन दल देखिएको भन्दै मोर्चाका नेता हृदयश त्रिपाठीले यहि अवस्था कायमै रहे देश बिखण्डनमा जाने चेतावनी दिए । उनले तीन दलको कार्यदलका नेताहरू बैठकमा निरीह देखिएको दाबी गर्दै सकारात्मक भएको बैठकपनि तीन दलको बैठकपछि वातावरण बिग्रेको समेत आरोप लगाए ।

त्रिपाठीले सहमति नजिक पुगेको वार्ता प्रधानमन्त्री केपी ओली र एमालेकै कारण असफल भएको बताए । उनले अब कार्यदल स्तरमा वार्ता गर्नुको कुनै अर्थ नरहेको बताए । सोमबार साँझ बसेको तीन दल र कार्यदलको बैठकमा प्रमुख तीन दल र मधेसी मोर्चार्ले वार्ता विफल भएपनि नजिक भनिएको सहमति पुन टाढिन पुगेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts