Tuesday, January 19, 2016

एसएसडीआरसीद्वारा एसएसपी खनाल र डिएसपी कार्की सम्मानित

काठमाडौं, माघ ५ । बिशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी)ले अपराध अनुसन्धान महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्बेन्द्र खनालको र बानेश्वर प्रहरी बृत्तका निवर्तमान प्रहरी प्रमुख (डिएसपी) दानबहादुर कार्कीलाई सम्मान गरेको छ । खनालको प्रमुख आतिथ्यतामा स्वागत एवं सम्मान कार्यक्रम गर्दै संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक सबिता उप्रेतीले उहाँहरुलाई नेपाली ढाकाको टोपी ,दोसल्ला ,एसएसडीआरमा बनेको ढाकाको मफलर तथा मायाको चिनोले सम्मान गर्नु भएको हो । उप्रतीको अध्यक्षतामा भएको सो कार्यक्रममा एसएसपी सर्बेन्द्र खनाललाई पछिल्लो समयमा देशमा घटेका आपराधिक घटना र कालाबजारी विरुद्ध चालेको कदमको उच्च मूल्याकंन गरी सम्मान गरिएको हो ।

एसएसडीआर परिवारद्वारा डिएसपी कार्कीलाई राष्ट्र सेवाको लागि अतुलनीय योगदानको साथमा एसएसडीआर जस्ता सामाजिक संस्थालाई पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै दोसल्ला,ढाकाको मफलर र सम्मान पत्र सहित सम्मान गरेको छ । बानेश्वर बृत्तमा खटिएर आउनु भएको प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद चिमोरिया र काडाघारी परिसरमा खटिएर आउनु भएको प्रमुख इन्स्पेक्टर योगेन्द्र थापालाई नेपाली ढाकाको मफलर र मायाको चिनो सहित स्वागत गर्दै उहाँहरुको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरियो ।

कार्यक्रममा कान्तिपुर पब्लिकेसन्सका अखण्ड भन्डारी ,लायन्स क्लब ए१ का भाइस गभर्नर कुमार राज सुवेदी ज्यु, काठमाडौ जेसिसका अध्यक्ष सुमन महर्जन,मिस टिन (२०१४)रितिका खरेल,न्युज अभियानको प्रधान सम्पादक सागर श्रेष्ठ, पत्रकार बलराम प्यासी ,फेकाको अध्यक्ष तथा प्याप्सनका सदस्य प्रलाद खनाल , गोरखा पत्रका नारायण काफ्ले , समाजसेवी हरिशरण सिवाकोटी लगायतका अन्य विभिन्न क्षेत्रका ब्याक्तित्वहरु,अभिभावकहरु, एसएसडीआरका सल्लाहकार तुलसी प्र.उप्रेती ,केदार नाथ भट्टराई तथा बोर्ड मेम्बरहरुको सकिय सहभागिता रहेको यस कार्यक्रममा एसएसडीआरका बालबालिकाहरुले नृत्य,गीत तथा मन्तव्य समेत प्रस्तुत गरेका थिए ।

एसएसडीआरसी बिगत छ बर्ष देखि पुरानो सिनामंगलमा संचालित एक गैह्र नाफामुलक सामाजिक संस्था हो जस्मा हाल ४० जना अटिजम भएका बालबालिकाहरुले सेवा पाइरहेका छ्न ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts