चितवन,माघ ५ । नेपाली कांग्रेस नेता डा. मीनेन्द्र रिजालले आसन्न काँग्रेसको महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले मंगलवार विहान भरतपुरमा गरेको पत्रकार सम्मेलनमा रिजालले कोईरालाले ऐतिहासिक महत्वका काम सम्पन्न गर्न सकेकाले सभापतीमा पुनः कोइरालालाई जिताउनु पर्ने दाबी गरेका हुन् । ६६ वर्षअघि बिपी कोइरालाले गरेको जनताको प्रतिनिधिमार्फत संविधान बनाउने सङ्कल्प सुशील कोइरालाले पूरा गरेको उनले बताए। कतिपय काम सम्पन्न नभएका होलान् काँग्रेसलाई पहिलो ठूलो पार्टी बनाउन कोइराला सफल भएको उहाँकै शालीनताकै कारण दोस्रो संविधानसभाले संविधान बनाउन सकेको रिजालले बताए।
उनले अहिले सरकार परिवर्तन गर्ने समय नभएको बताउँदै प्रमुख विपक्षी दलको हिसाबले काँग्रेसले सरकारलाई सुझाव र सहयोग गर्ने स्पष्ट पारे। मधेस र मधेस आन्दोलनका विषयमा हेर्ने दृष्टिकोण एमालेसँग नमिलेकै कारण सरकारमा काँग्रेस नगएको भन्दै उनले विषयवस्तुलाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरे। उनले अहिले सरकार परिवर्तन गर्ने समय नभएको बताउँदै प्रमुख विपक्षी दलको हिसाबले काँग्रेसले सरकारलाई सुझाव र सहयोग गर्ने स्पष्ट पारे। मधेस र मधेस आन्दोलनका विषयमा हेर्ने दृष्टिकोण एमालेसँग नमिलेकै कारण सरकारमा काँग्रेस नगएको भन्दै उनले विषयवस्तुलाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरे।
No comments:
Post a Comment